झापा । 

झापाको कनकाई नगरपालिकाञ्७ दुर्गापुर बजारमा भएको सवारी दुर्घटनामा अर्जुनधारा नगरपालिका–९  कि ५० बर्षीया  मिरादेबी गौतमको मृत्यु भएको छ । आज (आइतवार)  दिनको ४ बजे दुर्गापुरस्थित  पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको थियो । 

दुर्गापुरबाट सुरुङ्गातर्फ जाँदै गरेको प्र.१–०१–०१ प. ३९२९ नम्बर मोटरसाइकलले बाटो क्रस गर्दै गरेकी पैदलयात्री गौतमलाई ठक्कर दिदा उनी घाइते भएकी थिइन् । घाइते उनलाई उपचारको लालि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएमा उपचारको क्रममा ४ः ५० बजे मृत्यु भएको हो । 

मोटरसाइकल चालक ताप्लेजुङ आठराई त्रिवेणी गाउँपालिका–३  का ३१ बर्षीय गोपाल रम्तेलको पनि  अनुहारमा चोट लागेर सुरुङ्गास्थित स्थानिय मेडिकलमा उपचार पश्चात इलाका प्रहरी कार्यालय सुरुङ्गाको नियन्त्रणमा रहेका छन् । उक्त नम्बरको मोटरसाइकल  नियन्त्रणमा लिई कार्यालयमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।