बिर्तामोड । 

ओमप्रकाश लुइटेलले एक सय ६ पटक रक्तदान गरेका छन् । झापाको बिर्तामोड–१ स्थित पञ्चकन्या सोसाइटीले आयोजना गरेको रक्तदान कार्यक्रममा लुइटेलले गरेको रक्तदान एक सय ६ पटक भएको उनले जानकारी दिए । 

‘पञ्चकन्या सोसाइटीको चाहना, सभ्य समाजको परिकल्पना’ को नारासहित स्थापना भएको सोसाइटीले शनिवार रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।  ‘रक्तदान जीवनदान’ भन्ने नारासहित आयोजित रक्तदान कार्यक्रममा ४३ जनाले रगत दिएका थिए । 

नारासहित सोसाइटीले आयोजना गरेको रक्तदानमा लुइटेलकी श्रीमती दुर्गा लम्साल लुइटेलले आठौे पटक र छोरा अमूल्य लुइटेलले दोस्रो पटक रक्तदान गरेको लुइटेलले बताए । छोराले १८ औं जन्मोत्सवदेखि रक्तदान शुरु गरेको उनले बताए । 

लुइटेलका अनुसार एक सय ५० औं पटकसम्म रक्तदान गर्ने उद्देश्यीय छ । रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बिताएमोड उप–शाखाको प्राविधिक सहयोग रहेको थियो ।