झापा ।
झापाको दमक नगरपालिका–१ हवल्दार चौकस्थित टपरी होटलबाट लागूऔषधसहित एक जनालाई पक्राउ गरिएको छ । आइतवार साँझ ५ः२० बजेको समयमा टपरी होटलभित्र इलामको चुलाचुली गाउँपालिका–४ पालिका टोलका ३५ बर्षीय पुर्णकुमार राईले लागू औषध खैरो हेरोईनको कारोबार गर्ने गरेको भन्ने सुचनाको आधारमा उनलाई पक्राउ गरिएको हो ।
लागू औषध नियन्त्रण व्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त प्रहरी टोलीले होटलमा गएर होटलको खाजा नास्ता खाने टेवलमा बसेका पुर्णकुमार राईलाई खानतलासी गरेको थियो । खानतलासीका क्रममा उनले लगाएको ज्याकेटको अगाडी दाहिने गोजी भित्र टिस्यु पेपरमा पोका पोका पारी लुकाई छिपाई राखेको अवस्थामा खैरो हेरोईन जस्तो देखिने लिसाईलो पदार्थ फेला परेको थियो ।
उक्त पोका प्लाष्टिक बाहेक २२ ग्राम १५० मिलिग्राम फेला परेको र उक्त लागू औषध समेत बरामद गरी उनलाई नियन्त्रणमा लिईएको थियाने । उनको साथबाट मे १० प ३९७० नम्बरको मोटरसाइकलसहित अन्य सामाग्री पनि नियन्त्रणमा लिउर इलाका प्रहरी कार्यालय दमकमा ल्याएर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















