झापा । 

झापाबाट ९४८ बोरा खरबुजाको बिउ फेला परेको छ । भद्रपुर नगरपालिका वडा नम्बर ३ ज्ञाने चोकका भीमलाल सुवेदीको घरमा भन्सार छली चोरी पैठारी गरी राखिएको अवस्थामा प्रहरीले खरबुजाको बिउ नियन्त्रणमा लिएको हो । 

आइतवार साँझ ६ बजेको समयमा सुवेदीको घरमा भन्सार छली चोरी पैठारी गरी अवैध सामान लुकाई छिपाई राखिएको भन्ने गोप्य सुचनाको आधारमा प्रहरीले सो सामान पक्राउ गरेको हो । 

जिल्ल प्रहरी कार्यालय झापाबाट एसपी बशुन्धरा खड्काको कमाण्ड र वडा प्रहरी कार्यालय भद्रपुर समेतबाट गरी जम्मा ५५ जना संयुक्त प्रहरी टोली गएर घर चेकजाँच गर्दा सुवेदीको घरको २ वटा कोठाको बोरामा खरबुजाको बिउ फेला पारी बरामद गरिएको हो ।

उक्त बरामद गरिएको खरबुजाको बिउ भद्रपुर भन्सार कार्यालयमा बुझाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।