बिर्तामोड । 

झापाको बिर्तामोडमा  मिक्स फ्रुट क्याफे सञ्चालनमा आएको छ । गोर्खा फाउण्डेशन नेपालद्धारा  सञ्चालनमा ल्याएको क्याफे बिर्तामोड नगरपालिकाका नगर उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले उद्घाटन गरेका हुन् । 

गोर्खा फाउण्डेशन नेपालका अध्यक्ष तथा युवा व्यवसायी वीरु दर्नालले बिर्तामोड–४ स्थित अधुवा पुल उत्तर मेन हाइवेमै क्याफे सञ्चालनमा ल्याएका हुन् । आज (आइतवार) उद्घाटन गरिएको क्याफेमा भोलिदेखि पूर्ण रुपमा फ्रूट र जुससहित फाष्ट फुडका खानाका परिकार पाइने सञ्चालक दर्नालले बताए । 

उद्घाटन कार्यक्रममा अतिथिहरुलाई स्वागत तथा क्याफेका बिषयमा जानकारी सञ्चालक दर्नालले दिएका थिए । क्याफेमा स्वास्थ्यलाई ख्यालमा राखेर सफा सुग्घरसहित ग्राहकको माग अनुसारका परिकार ग्राहकै निगरानीमा तयार गरी उपलब्ध गराइने सञ्चालक दर्नालले बताएका छन् । 

उनका अनुसार क्याफे बिहान सवेरै खुल्ने र अवेर बन्द गरिने एक अर्को विशेषता रहेको जनाईको छ  । क्याफेमा फ्रेस फलफूल, जुस, मोही साथै फाष्टफुडका परिकार पाइने छ । अर्डर अनुसारका  फलफूलका खाना परिकारसहित बिर्तामोड आसपासका क्षेत्रका कार्यालय र पसलमा निःशुल्क डेलिभरी पनि गरिने सञ्चालक दर्नालले जानकारी दिए । करिव १५ लाख रुपैयाँमा सञ्चालनमा आएको प्याफेमा पाँच जनाले प्रत्यक्ष रोजगारी पाएका सञ्चालक दर्नालले बताए । 

सोही कार्यक्रममा बिच सामाजिक अभियन्ता बिष्णुप्रसाद आचार्यलाई सम्मान गरिएको थियो । आचार्यले फोहोर मैला ब्यववस्थापनसहित सामाजिक नागरिक सरोकारका बिषयमा कार्य गर्दै आएका छन् । साथै उनले कुनैपनि बिरामीका लागि आवश्यक पर्ने रगत वा रक्तदानमा समेत उल्लेखीय समन्वय गर्दै आएकोे भन्दै गोर्खा फाउण्डेशन नेपालकोतर्फबाट उनलाई सम्मान गरिएको हो । 

क्याफेको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि नगर उप–प्रमुख संग्रौलाले सफा र सुग्गरमा ध्यान दिनु पर्नेमा जोड दिए । खानाका परिकार प्रत्यक्ष मानव स्वास्थ्यसँग जोडिएकाले स्वास्थ्यलाई हानिकारक हुने खानाका परिकार बिक्री वितरण नगर्न सवैलाई आग्रहसमेत गरे । 

राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बाले मानव शरिरलाई असर गर्ने खानाका परिकार बिक्री बितरण गरेको पाइए कारवाही हुने भन्दै त्यस्ता सामाग्री बिक्रीबितरण नगर्न सवैलाई आग्रह गरे । 

उद्घाटन कार्यक्रममा समाजसेवी युवराज दाहाल, सजेश शिवाकोटी, शिक्षासेवी कुमार थपलिया तथा सुमन शर्मा जमरकट्टेल, सामाजिक ब्यक्तित्व , प्रबिण खड्का, प्रेम पोखरेल, हरि दियाली, टिकाराम शिवा , रोशन नेपाली , अग्रज ब्यवसायी राजेन्द्र थापा , बिर्तामोड उधोग बाणिज्य संघका पूर्व अध्यक्ष कुमार भट्टराई , युवा ब्यवसायी मिजास पोखरेल , बिकास बस्नेत , अनोज खड्कालगायतको आतिथ्य रहेको थियो । कार्यक्रमको सञ्चालन गोर्खा फाउण्डेशनका महासचिव सुवास तिखत्रीले गरेका थिए ।