झापा । 

झापाको हल्दीवारी गाउँपालिका–२ कलाधर बस्तीमा एक ब्यक्तिm मृत अवस्थामा भेटिएका छन् । कलाधरस्थित हल्दीबारी–बिर्तामोड भित्रि पक्की सडकको साइडमा जोताई गरेको खेतको हिलोमा तत्काल नाम थर वतन नखुलेको पुरुष मानिस साईकलसहित मृत अवस्थामा फेला परेका हुन् । 

आज (बिहीवजार)  बिहान ५ः२० बजेको समयमा अनुहार गाडिएको अवस्थामा मृत फेला परेको स्थानियहरुले टेलिफोन मार्फत जानकारी गराएका थिए । जानकारी पाउन साथ प्रहरी चौकी हल्दीवारीबाट  प्रहरी टोली गएको थियो । 

मृतक  बिर्तामोड नगरपालिका–९  का ४९ बर्षीय होमप्रसाद सुवेदी भएको उनकै छोरी हल्दीबारी गाउँपालिका–२ की योगमाया सुवेदी भट्टराई (विवाहित) ले पहिचान गरेको बताइएको छ । घटना स्थाल सुरक्षित राखेर थप अनुसन्धान तथा कानुनि प्रकृयाको भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।