बिर्तामोड । 

वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीले बिरुवा रोप्ने अभियान सञ्चालन गर्दै  आएको छ ।  यसै क्रममा आज (बुधवार) बिर्तामोडस्थित गरामनीको दुर्गा माध्यमिक विद्यालयमा बिभिन्न जातका विरुवा रोपेको छ । 

लायन्स क्लब अफ बिर्तामोड स्मार्ट लेडीकी अध्यक्ष सरु भुर्तेल खनालको अध्यक्षता तथा नेतृत्वमा भएको विरुवा रोपन कार्यक्रममा विद्याललय व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद अधिकारीको प्रमुख आतिथ्य रहेको थियो । 

वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले स्मार्ट लेडीले विभिन्न जातका बिरुवा रोप्ने कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको अध्यक्ष खनालले जानकारी दिइन् । 

बिरुवा रोपन कार्यक्रममा अतिथिका रुपमा प्रधान अध्यापक लक्ष्मण शिवाकोटी, रिजन चियर पर्सनद्वय शर्मिला जोशी, मन्जु उप्रेती, निवर्तमान अध्यक्ष तथा जोन चियर पर्सन यसोदा उप्रेती पूर्व अध्यक्ष अन्जु पाण्डे खड्का, प्रथम उपाध्यक्ष गोमा मैनाली खड्का, द्वितीय उपाध्यक्ष पुनम उप्रेती, तृतीय उपाध्यक्ष मीरा खड्का, कोषाध्यक्ष निर्जला उप्रेती, क्लब प्रशासन शीला भट्टराई उपस्थिति रहेको बताइएको छ ।

कार्यक्रम सहज रुपमा सम्पन्न गर्न सहजिकरणको भुमिका लता खरेल र बिद्यार्थीहरुले गरेका थिए ।बिरुवा रोेप्ने कार्यलाई निरन्तरता दिने साथै आज बिभिन्न जातका ५० वटा ििबरुवा रोपिएको अध्यक्ष खनालले जानकारी दिइन् ।