झापा । 

झापाको गौरीगञ्जमा चट्याङ लागेर एक ब्यक्तितको मृत्यु भएको छ । गौरीगञ्ज गाउँपालिका–३ सयपत्री टोलको चन्द्रमाया श्रेष्ठको घरमा डेरा लिएर बस्ने भोजपुरको आमचोक गाउँपालिका–९ का ३० बर्षीय बलबहादुर श्रेष्ठको चट्याङ लगोर मृत्यु भएको हो । 

आज (मंगलबार) बिहान  अन्दाजी ६ः३० बजेको समयमा श्रेष्ठलाई खेतमा आली खनिरहेको अवस्थामा पानीसँगै आएको चट्याङ लागेको थियो । चट्याङले लाग्दा उनको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको बिषयमा थप अनुसन्धान तथा कानुनी प्रक्रिया जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।