झापा । 

झापामा बिषालु सर्पको टोकाईबाट ८८ बर्षीया बृद्धाको मृत्यु भएको छ । गौरीगञ्ज गाउँपालिका–४ बाईसेटोलकी अन्दाजी ८८ बर्षीया पञ्चमाँया शेर्माको सर्पको टोकाईबाट मृत्यु भएको हो । 

 आइतवार साँझ अन्दाजी ६ः३० बजेको समयमा कुखुराको खोरको ढोला लागाउने क्रममा  खोर छेउमा रहेको ईट्टाको चाङ्गबाट अचानक बिषालु सर्प निस्किएर उनको दाहिने हातको माझी औंलामा डसुर घाईते भएकी थिइन् । 

उनलाई उपचारको लागि बीएण्डसी अस्पताल विर्तामोड लगेर उपचार भईरहेको थियो । उनको तत्कालको अवस्था बोल्न नसक्ने गम्भीर रहेको थियो । 

उपचारकै क्रममा राति १०ः४५ बजे घाइते उनको उपचारको क्रममा  मृत्यु  भएको र लाश सोही अस्पतालमा  रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।