झापा । 

झापाको मेचीनगर नगरपालिका–१३ चारआली बजारको लक्ष्मी डिपार्टमेन्ट अगाडि रहेको पोलबाट नेपाल टेलिकमको केबल काटेर चोरी गर्दै गरेको अवस्थामा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

सोमवार दिनको ४ः३० बजेको समयमा  मेचिनगर नगरपालिका–६  का २३ बर्षीय संगम शेर्पा र मेचिनगर नगरपालिका–१५ का २१ बर्षीय मणिराज राजबंशी अन्दाजी ३५ मिटर नेपाल टेलिकमको केबल काटेर चोरी गर्दै गरेको अवस्थामा पक्राउ परेका हुन् । 

प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी गस्ती टोलीले फेला पारी उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरी चौकी चारआलीमा ल्याई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय धुलाबारीबाट मुलुकी अपराध संहिता २०७४ को चोरी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी झापा जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुसन्धान भइहरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

उनीहरुके साथबाट  केबल अन्दाजी ३५ मिटरसहित ह्याक्सो ब्लेड ३ थान, तार कटर १ थानसमेत बरामद भएको बताइएको छ ।