बिर्तामोड ।
राष्ट्रिय खेलकुद परिषदकी कराँते प्रशिक्षक मिनादेवि पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिर्तामोड ५ निवासी पाठकले अभद्र व्यवहार गरेको कसुरमा अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।
बिर्तामोड नगरपालिका–४ निवासी ३८ वर्षीया सन्जु थापाले दिएको उजुरीको आधारमा पाठकलाई सोमबार इलाका प्रहरी कार्यालय अनारमनीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो ।
पाठकले थापालाई जेठ ३ गते बिर्तामोडमा सम्पन्न दोस्रो मेयर कप २०८३ को समापन पश्चात कार्यक्रमस्थल बिर्तामोड उद्योग वाणिज्य संघको प्राङ्गणमा अभद्र व्यवहार गरेको अभियोग छ । पाठकले दुव्र्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।


















