चारपाने ।
सामाजिक गतिविधि गर्दै आएको झापा बिर्तामोड–२ स्थित चारपानेको जेम्स फिट्नेस सेन्टरले रक्तदान कार्यक्रम गरेको छ । खुल्ला रक्तदान कार्यक्रममा ३७ जनाले रक्तदान गरेका छन् ।
सेन्टरले ‘एक थोपा रगतले कसैको जीवन बच्न सक्छ’ साथै ‘आउनुहोस् रक्तदान गरौं, जीवन बचाऔं’ भन्ने मुल नाराका साथ आज (शनिवार) चारपाने चोकमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
सेन्टरका सञ्चालक जेम्स उप्रेतीको अध्यक्षतामा भएको खुल्ला रत्क्रदान कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगरपालिकाका नगर उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौलालले गरेका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै नगर उप–प्रमुख संग्रौलाले युवाहरुले गरेको सामाजिक कार्यको प्रशंसागरेका थिए । उनले सवै क्षेत्र र टोलमा यसरी नै युवाहरुले सामाजिक कार्य गर्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै सञ्चालक उप्रेतीले सेन्टरले गरेको सामाजिक गतिविधि बारेमा जानकारी दिएका थिए भने कार्यक्रमको सञ्चालन सेन्टरकी सदस्य सामाजिक तथा राजनीतिक नेतृ पार्वता गिरीलेगरेकी थिइन् ।
करिव एक बर्ष अघि स्थापना भएको सेन्टरले यसअघि पनि सरसफाई अभियान, लाग्रऔषध बिरुद्धको अभियान, सार्वजनिक तीज मिलन कार्यक्रमलगायतका बिभिन्न सामाजिक कार्य गरिसकेको छ ।
रक्तदान कार्यक्रममा नेपाल दशनामी समाजका केन्द्रिय सल्लाहकार तथा सामाजिक ब्यक्तित्व बालकृष्ण गिरी, सहारा नेपाल साकोसका कोषाध्यक्ष डम्बर देउजा, राजनीतिक तथा सामाजिक ब्यक्तित्व देवीप्रसाद खरेल, भीमबहादुर गिरी प्रमिला राई, बर्षा राई, पुनम आचार्य, सेन्टरका सदस्यलगायतको उपस्थिति रहेको थियो । रक्तदान रेडक्रस सोसाइटी बिर्तामोड उप–शाखाको प्राविधिक सहयोगमा भएको थियो । सेन्टरले रक्तदान गर्नेलाई प्रमाणपत्रसमेत बितरण गरेको थियो ।


















