झापा ।
झापा कारागारमा कैदीबन्दीको मृत्यु भएको छ । पाँचथरको नागी गाबिस–९ घर भई हाल जिल्ला कारागार झापामा जवरजस्ति करणि मुद्दामा १० वर्ष कैद ठेकिइ कैद भुक्तान गरिरहेका कैदी ६४ बर्षीय चन्द्रकुमार घिमिरेको जेठ ७ गते बिरामी भएका थिए ।
स्वास बढ्ने स्वास फेर्ना गार्हो भएपछि उपचारको लागि मेची प्रादेशिक अस्पताल भद्रपुर झापा लगिएकोमा थप उपचारको लागि राति ९ः ४५ बजेको समयमा ओमसाई पाथीभरा अस्पताल भद्रपुर लगिएको थियो।
जेठ ८ गते राति ८ः५० वजेको समयमा चिकित्सकको सल्लाह अनुसार सोही अस्पतालको आइसियुकक्षमा राखेर उपचार भइरहेकोमा स्वास प्रस्वासमा समस्या आए पछि थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर भइ उपचार क्रममा आज (शनिवार) बिहान राति ३ः४५ वजेको समयमा
सोही अस्पताल मुत्यु भएको छ । शव सोही अस्पतालमा रहेको । जिल्ला अदालत झापाबाट फैसला भइ मृतकले ८ वर्ष ८ महिना १ दिन कैद भुक्तान गरिसकेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















