झापा । 

झापाको दमक नगरपालिका–५ गणतन्त्रचोकमा भएको सवाी दुर्घटनामा दुई जना घाइते भएका छन् । आज (बिहीवार) बिहान १० बजेको समयमा  पूर्व पश्चिम राजमार्गमा पाडाजुङगीबाट उर्लाबारीतर्फ जाँदै गरेको प्रदेश न.३–०१–०२३ च ००७३ नम्बरको कार र बिपरित दिशा ताराबारीबाट केर्खा तर्फ आउदै गरेको प्र.न.१–०१–०१७प ८५९० नम्बरको स्कुटी एकआपसमा ठक्किएर  दुर्घटना भएको थियो । 

दुर्घटनामा स्कुटी चालक पाँचथर माङसेबुङ गाउँपालिका–१ घरभई हाल दमक–१ बस्ने ३४बर्षीया लीला सिलुङको बाँया हातमा चोट बोल्न सक्ने अवस्था सामान्य सोही स्कुटी पछाडी सवार उनकै छोरा ६ बर्षीय साईरन मुखियाको बाँया हात, खुट्टामा चोट बोल्न सक्ने,  अवस्था सामान्य रहेको छ ।

उनीहरुको लाईफ लाईन अस्पताल दमकमा उपचार हुँदै गरेको छ भने उपचारमा कार चालक दमक–७ का ४३ बर्षीय निर बहादुर सिजाली मगर संम्लग्न रहेका छन् । घटना स्थलबाट इलाका प्रहरी कार्यालय दमकमा दुबै सवारी साधन ल्याईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।