झापा । 

झापाको बिर्तामोडबाट प्रहरीले अनलाइन सट्टाबाजीमा संलग्न रहेको आशंकामा दुई जनालाई पक्रउा गरेको छ । आइतवार साँझ ६ बजे जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।  

​पक्राउ पर्नेहरूमा मेचीनगर नगरपालिका–१० का २७ वर्षीय विपिन गिरी र बिर्तामोड नगरपालिका–६ का ३६ वर्षीय भुवन मेचे रहेका छन्। गिरीलाई बिर्तामोड–५ स्थित'Go 69 Café र मेचेलाई बिर्तामोड–४ स्थित 'Red Hot Chilli' बाट नियन्त्रणमा लिइएको हो। 

पक्राउ परेका दुवै जनालाई आज जिल्ला अदालत झापाबाट सट्टाबाजी सम्बन्धी कसुरमा थप अनुसन्धानका लागि २ दिनको म्याद थप गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।