झापा । 

​झापाको अर्जुनधारा नगरपालिका–११ स्थित बसपार्क क्षेत्रबाट प्रतिबन्धित औषधिसहित एक जना पक्राउ परेका छन् । आज (शुक्रवार)  दिनको २ः३० बजेको समयमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा दमक नगरपालिका घर भएका २६ वर्षीय सुमन थापालाई नियन्त्रणमा लिइएको छ। प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्दा थापाको साथबाट ३० पत्ता (२९४ पिस) त्चTramadol Hydrochlorideर ३० पत्तामा (२९५ पिस) Dicyclomine Hydrochloride ट्याब्लेट फेला पारेको हो। 

प्रतिबन्धित औषधिसहित पक्राउ परेका उनलाई आवश्यक कानुनी कारबाही र थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।