झापा ।
झापाको शिवसताक्षी नगरपालिका–९ चिल्लागढ धाम नजिक भित्रि सकड खण्डमा बलेजको बस दुर्घटना हुँदा चार जना घाइते भएका छन् । आज (बिहान) ब्याङ्डाडाबाट बिर्तामोडतर्फ जाँदै गरेको बिर्तामोड–१ स्थितमा रहेको इको होम कलेजको प्र १–०१–००१ क १३१४ नंम्बरको बस अनियन्त्रित भई सडक छेउमा पल्टीएको थियो ।
दुर्घटनामा बुद्धशान्ति गाउँपालिका–४ का २४ बर्षीय सहचालक प्रकाश सिलुवाल, शिवसताक्षी–८ का १८ बर्षीय इसान पकवाल, सोही स्थानका १८ बर्षीय स्वभाग्य राई र १७ बर्षीय निसब भेट्वाल घाइते भएका थिए । दुर्घटनामा बसमा सवार चालकसहित ५ जना मध्ये ४ जना समान्य घाईते भएको थिए ।
घाइतेहरुलाई उपचारको लागि बिर्तासिटि अस्पताल बिर्तामोडतर्फ पठाईएको, बस चालक प्रहरीको नियन्त्रण रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















