झापा ।
झापाको भद्रपुर नगरपालिका–५ स्थित मेचीपुलबाट एक भारतीय नागरिकसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई चोरीमा संलग्न रहेको आरोपमा गएराति ९ः४५ बजे भारतबाट नेपालतर्फ पैदल आउँदै गरोका उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमामा भारत बङगाल घर भएका अङसार आलम र बिर्तामोड नगरपालिका–४ नयाँबाडीका ३२ बर्षीय आसिक आलम रहेका छन् । उनीहरुले गत मंसीर २ गते अर्जुनधारा नगरपालिका–६ कप्तानबारीका ४० बर्षीय दुर्गाबहादुर पौडेल खत्रीको घरमा चोरी गरेको भनि इलाका प्रहरी कार्यालय अनारमनीमा बैशाख १ गते किटानी जाहेरी दिएको बताइएको छ ।
उनीहरुलाई जिल्ला अदालत झापाबाट पक्राउ पुर्जी समेत जारी भएको र उनीहरु वरदात पश्चात भारत तिर लुकिछिपि बसिरहेको बुझिएको थियो । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले निजहरु नेपालतर्फ आउँदै गरेको भन्ने गोप्य सुचनाको आधारमा खोजतलास गर्ने क्रममा उक्त स्थानमा फेला पारेको थियो ।
उनीहरुमाथि शंका लागेर थप अनुसन्धान र कारबाहीका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















