बिर्तामोड ।
झापाको बिर्तामोडमा पत्रकारिताको चुनौती र अवको बाटो बिषयक अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । बिर्तामोडको प्राइड मिडिया प्रालिद्धारा सञ्चालित नयाँ पेपर डटकमको आयोजनामा आज (शनिवार) अन्तरक्रिया तथा टेवल क्यालेण्डर बिमोचन कार्यक्रम गरिएको हो ।
प्रालिका अधयक्ष निर्मलराज खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पबित्रा महतरा प्रसाईको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेश उपाध्यक्ष अम्बिका भण्डारी, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, प्रेस काउन्सिलका पूर्व सदस्य तथा महासंघका पूर्व अध्यक्ष गणेश पोखरेल, पर्यटन कार्यालय झापाका प्रमुख छबिलाल खतिवडा, बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बास्तोला, प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियार, प्रेस सेन्टर नेपाल झापाका अध्यक्ष पुष्प खड्का, नारी सञ्चार गृह झापाकी अध्यक्ष स्वस्तिका आचार्यलगायतले शुभकामना मन्तव्य राखेका थिए । उनीहरुले पछिल्लो समयमा निजि मिडियालाई सरकारले बिज्ञापनमा रोक लगाएको भन्दै आपत्ति जनाएका थिए ।
सरकारको उक्त कदम तत्काल फिर्ता गर्नु पर्ने माग राख्दै झापाका सवै स्थानीय तहहरुले स्थानीय सञ्चार माध्यमलाई दिदै आएका लोककल्याणकारी सूचना उपलब्ध गराउनु पर्नेमा जोड दिएका छन् । स्वागत नयाँ पेपरकी सह–सम्पादक सुनिरा मैनालीले गरेको कार्यक्रमको सञ्चालन प्रधान सम्पादक रमेश तिवारीले गरेका थिए ।


















