झापा ।
झापाको बुद्धशान्ति गाउँपालिका–३ बुधबारे बजारबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । गएराति ८ः३० बजेको समयमा मे. २ प. २८३६ नम्बरको होण्डा साईन मोटरसाइकलमा लागूऔषध बिक्री बिरतरण गर्न हिडिरहेको छ भन्ने गोप्य सुचनाको प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको गस्ती टोलीले गस्ति गर्ने क्रममा उक्त नम्बरको मोठरसाइकल फेला पारेर रोकी सोधपुछ तथा चेकजाँच गर्दा मोटरसाइकल चालक बुद्धशान्ति–१ का ३८ बर्षीय हरिप्रसाद ढकाल पक्राउ परेका थिए ।
उनले मलद्वारमा प्लाष्टिकमा पोको पारी लुकाई छिपाई बोकेको अवस्थामा लागुऔषध ब्राउन सुगर प्लास्टिक बाहेक २ ग्राम ७२० मिलिग्राम फेला परेको थियो । उनलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धुलाबारी ल्याएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


















