झापा ।
झापामा जंगली हात्तीको आक्रमबाट दुई जना घाइते भएका छन् । गएराति ८ः३५ बजेको समयमा मेचीनगर नगरपालिका–४ बाहुनडाँगी चोक नजिकैका ३८ बर्षीया सुनिता बज्राचार्य र उनकै छोरी १३ बर्षीया यबद्रा बज्राचार्य हात्तीको आक्रमणबाट घाइते भएका हुन् ।
आफ्नै घरको बराण्डामा बसीरहेको अवस्थामा एउटा जंगली हात्ती आएर उनीहरु दुबै जनालाई बराण्डाबाट तानी घिसारी केही परसम्म पुर्याई घाईते बनाएको प्रहरीले जनाएको छ ।
दुबै घाईतेहरुको खुट्टा नचलेको, अवस्था बोल्दै गरेको अवस्थामा उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोडतर्फ पठाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

















