झापा ।
लागूऔषध दुर्व्यसन तथा ओसारपसार बिरुद्ध अभियान स्वीप अपरेशन अन्तर्गत चार दिनको अवधिमा एक ५१ जना पक्राउपछि कारवाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालय समेतले आइतबार लागुऔषध दुर्व्यसन तथा कसूरमा १० जनालाई नियन्त्रणमा लिएको छ । स्विप अपरेशन अन्तर्गत ८ ग्राम ६६० मिलिग्राम लागुऔषध ब्राउन सुगर र ट्याब्लेट नाइट्रोजेपाम ६ पिस बरामद गरेको छ ।
यसैगरी वैशाख १२ गते लागुऔषध दुर्व्यसन तथा कसूरमा १६ जनालाई नियन्त्रणमा लिइएको थियो । जसमा ५ जनाबाट ४ ग्राम ५०० मिलिग्राम लागुऔषध ब्राउन सुगर र ट्याब्लेट नाइट्रोजेपाम ३२ पिस बरामद भएको प्रहरीले जनाएको छ ।
यस्तै वैशाख ११ गते ६३ जनालाई नियन्त्रणमा लिइएको र १६ ग्राम ९५० मिलिग्राम अबैध लागुऔषध ब्राउन सुगर तथा ट्रामाडोल ट्याबलेट ११७ पिस, डिकोलिक ट्याब्लेट १०५ पिस समेत बरामद भएको थियो ।
वैशाख १० गते स्विप अपरेशन अन्तर्गत ६२ जना नियन्त्रणमा लिइएको थिईयो भने २० ग्राम ४० मिलिग्राम लागुऔषध ब्राउन सुगर र नगद पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

















