इटहरी ।
सुनसरीको इटहरी उप–महानगरपालिका(११ स्थीतबाट ५१ हजार ९५२ चक्की प्रतिबन्धित औषधीसहित एक जनालाई पक्राउ गरिएको छ ।
विशेष सूचनाका आधारमा शनिवार इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले इटहरी उप–महानगरपालिका–११ स्थीतमा डेरा बस्दै अएका भारत बिहार नरपतगञ्जका २९ वर्षिय मो. सहनेवाजलाई पक्राउ गरिएको हो ।
उनलाई ट्रामाडोल ५० हजार ५ सय ४० चक्की र डाइसाइक्लोमाइन ९ हजार ५ सय २० चक्की प्रतिबन्धित औषधी सहित पक्राउ गरेको हो । पक्राउ परेका सहनेवाजको इलाका प्रहरी कार्यालय इटहरीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















