झापा । 

झापाको बिर्तामोड नगरपालिका–३ भाटभटेनी छेउमा भएको सवारी दुर्घटनामा सात जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गमा बिराटनगरदेखि बनियानितर्फ आउँदै गरेको  मे १ ख २६२६ न।को यात्रूबाहक बसले सोही दिशा तर्फ आउदै गरेको प्र.१–०१–००२ ह. ५१९८ नम्बरको अटोलाई आज (शनिवार) ३ः४५ बजे ठक्कर दिएको थियो । 

घाईतेहरु हुनेहरुमा अटो चालक कचनकवल गाउँपालिकास्थित बनियानीका ३८ बर्षीय अस्मुदिन अन्सारी, अटोमा सवार बिर्तामोड–५ की अन्दाजी २२ बर्षीया कल्पना चापागाई, बिर्तामोड–२ कि ३७ बर्षीया भावना अधीकारी, सोही स्थानकी ४ बर्षीया साबिया अधिकारी,  ५० बर्षीया लक्ष्मी नेपाल,  बिर्तामोड कि १२ बर्षीया सुगम नेपाल, बिर्तामोड न।पा – का ५३ बर्षीय गणेश श्रेष्ठ घाइते भएका थिए । 

उनीहरुको  बिर्तासिटि अस्पतालमा उपचार भईरहेको र उक्त स्थानमा इलाका प्रहरी कार्यालय अनारमनीबाट  प्रहरी टोली गएर अटो, बस र बस चालक शिवसताक्षी –११  का ३६ कि सुमन उप्रेतीलाई नियन्त्रणमा लिएर इप्रका अनारमनीमा ल्याई राखीएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।