झापा । 

झापाको गौरादह नगरपालिका–१ सितापुरी चोकमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । पाडाजुगी गौरीगञ्ज सडक खण्डमा दमकबाट गौरादहतर्फ जाँदै गरेको प्र.नं.१–०१–०१५ प.७५ नम्बरको मोटरसाइकल शनिवार साँझ ७ः५० बजेको समयमा आफै अनियन्त्रीत भएर दुर्घटना भएको थियो । 

दुर्घटनामा मोटरसाइकल चालक दमक नगरपालिका–९ का ३३ बर्षीय दिप बहादुर मगरलाई केहि नभएको र सोहि मोटरसाइकल पछाडी सवारसोही स्थानका  २७ बर्षीय पदम बहादुर मगरको दाहिने आँखाको डिलमा चोट अवस्था बोल्न सक्ने थियो । उनको गौरादह नगर  अस्पतालमा सामान्य उपचारपछि  थप उपचारको लागि निम्स अस्पताल दमक पठाएको र मोटरसाइकल चालकको आफन्त उपचारमा संलग्न रहेका थिए ।   

घाइतेलाई गएराति १०ः१० बजे थप उपचारको लागि बिराटनगर नोबेल अस्पताल रेफर गरिएको र मोटरसाइकल इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा रहेको थियो । 

घाईते पदमबहादुर मगरको आज बिहान राति ३ः४० बजे उपचारको क्रममा मृत्यु भएको छ । लाश तत्काल सोही अस्पतालमा रहेको र कानुनी प्रकृयाको लागि जिल्ल प्रहरी कार्यालय मोरङसँग आवश्यक समन्वय भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।