झापा ।
झापाको शिवसताक्षी नगरपालिका–७ चन्द्रडागीबाट एक जना लागूऔषधसहित पक्राउ परेका छन् । आज (शनिवार) बिहान ११ः४५ बजेको समयमा सोही स्थानका ३२ बर्षीय गंगाबहादुर मगर पक्राउ परेका हुन् ।
मगरले आफ्नै घरमा लागू औषध सेवन तथा बिक्री वितरण गरिरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट गएर प्रहरी टोलीले उनको घरकोठामा खानतलासी लिएको थियो ।
खानतलासीका क्रममा उनी सुत्ने कोठा भित्र बिक्रि बितरणको लागि प्लाष्टिकमा पोको पार्दै गरेको अवस्थामा लागुऔषध ब्राउनसुगर जस्तो देखिने लिसाईलको पदार्थ १३ ग्राम तिन सय २० मिलिग्राम फेला परेको थियो ।
उक्त लागूऔषध कानुन बमोजिम बरामद गरी उनलाई समेत नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

















