झापा। 

गएराति झापा जंगली हात्तीले मकैबाली नष्ट गरेको छ । झापास्थित  भद्रपुर नगरपालिका–३ मा मकैबाली नष्ट पारेको हो ।

गएराति भद्रपुर नगरपालिका –३ रंगेडाँडास्थित कालिका मन्दिर सामुदायिक वनबाट आएको जंगली हात्तीले भद्रपुर–४  का हिरालाल राईले लगाएको मकैबाली नष्ट गरेको हो । 

राईले १० कठ्ठा खेतमा लगाएको मकैबाली जंगली हात्तीले खाएर नष्ट पारेको हो । हात्तीले अन्दाजी एक लाख बराबरको क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।