झापा ।
झापाको अर्जुनधारा नगरपालिका–११ स्थित बुट्टाबारीमा रहेको एक सिरक गोदाममा आगलागी भएको छ । सोही स्थानका नुर मोहमदको सिरक गोदाममा आज (बुधवार) आगलागी १२ बजेको बजेको समयमा भएको आगलागीबाट ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
इलाका प्रहरी कार्यालय अनारमनी, चारआलीस्थित अरिदमन गणबाट नेपाली सेना टोली, शसस्त्र प्रहरी बल नेपाल बेश क्याम्पबाट खटिएको टोली, बिर्तामोड, मेची मेचीनगर, भद्रपुर, दमक, शिवसताक्षी नगर, कमल गाउँपालिकाको दमकल र स्थानीयहरुको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।
उक्त आगलागीबाट सिरक गोदमको टिनको बेरा र छानो भएको घर, घर भित्र रहेको रुवा बनाउने मेसिन र रुवाहरु पूर्ण रुपमा जलेर नष्ट हुँदा अन्दाजी ६० बराबरको क्षति भएको छ । गोदाम नुर मोहमदको श्रीमती जिल्ला रौतहट घर भई हाल बिर्तामोड–५ स्थित डेरा गरी बस्ने अन्दाजी ५६ बर्षीया सलमा खातुनको नाममा रहेर जग्गा भाडामा लिई बिर्तामोड कपास प्रसोधन उधोग सञ्चालन गर्दै आइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।















