झापा ।
झापाको मेचीनगर नगरपालिका–६ संगिता ठ्याकबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले पैदल हिड्दै गरेका एक ब्यक्तिलाई मंगलबार दिनको ३ः३० बजे नियन्त्रणमा लिएको हो ।
कमल गाउँपालिका–६ का २४ बर्षीय नवराज भट्टराईलाई शंका लागेर शरिर तलासि लिदा उनको साथबाट खैरो हेरोईन जस्तो देखिने लिसाईलो पदार्थ प्लाष्टिक बाहेक ६ ग्राम ७५० मिलिग्राम फेला परेको थियो ।
उक्त लागूऔषधसहित उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कारवाहीको लागि इलका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याएर राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
















