झापा ।
झापाको भद्रपुर नगरपालिका–५ नयाँ बजारबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटीएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका शनिवार साँझ ६ बजेको समयमा पैदल यात्रीहरुलाई शंका लागेर चेकजाँच गरिएको थियो ।
चेकजाँचको क्रममा बिर्तामोड–८ गरामनी का अन्दाजी २८ बर्षीय किरण श्रेष्ठ ब्राउन सुगर प्लाष्टिक बाहेक २ ग्राम ६० मिलिग्राम, सोही स्थानका अन्दाजी २८ बर्षीय अविषेक लिम्बुको साथबाट प्लाष्टिक बाहेक १ ग्राम १७० मिलिग्राम र मोरङको लेटाङ नगरपालिका–५ का अन्दाजी २५ बर्षीय सरोज थापाको साथबाट प्लाष्टिक बाहेक १ ग्राम ४६० मिलिग्राम गरि जम्मा प्लाष्टिक बाहेक ४ ग्राम ६९ मिलिग्राम लागु नियन्त्रणमा लिइएको छ ।
उक्त लागूऔषधसहित उनीहरु तीनै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान तथा कानुनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा ल्याइएको प्रहरीले जनाएको छ ।

















