बिर्तामोड । 

झापाको बिर्तामोडमा ‘शब्द यात्रा’ कार्यक्रम गरिएको छ । झापाली साहित्य समाज झापाको आयोजनामा आज (शुक्रवार) बिर्तामोड–३ स्थित  विराट पोखरीमा कार्यक्रम गरिएको हो । 

श्री विराट पोखरी सरोवर बहुउद्देश्यीय विकास समितिको सह–आयोजना तथा कोशी साहित्य कला परिषद नेपालको संयोजनमा भएको शब्द यात्रा कार्यक्रममा साहित्य श्रष्टाहरुले कविता, मुक्तक गीत, रचना, गजललगायत प्रस्तुत गरेका थिए । 

 झापाली साहित्य समाज झापाका अध्यक्ष हरि बरालको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षासेवी तथा सामाजिक ब्यक्तित्व गोपालकुमार बस्नेतको प्रमुख आतिथ्य रहेको थियो । 

स्वागत अग्रज पत्रकार, पूर्व शिक्षक तथा साहित्यकार केशव आचार्यले गरेको कार्यक्रममा संस्थाको परिचयसहित औचित्यमाथि प्रकाश सचिव बिवेक निसानीले प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी तथा साहित्यकार लीला अनमोलले गरेकी थिइन् ।