दमक ।
झापाको दमकलाई वेश बनाएर सक्रीय पत्रकारिता गरिरहेका सञ्चारकर्मीहरु ‘प्रेस क्लव दमक’मा संगठित भएका छन् । दमकमा सोमबार भएको पत्रकारहरुको भेलाले ‘प्रेस क्लव दमक’ गठन गरेको हो । भेलाले तल्काललाई नौ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
‘प्रेस क्लव दमक’ नाम दिएको सो संस्थामा अध्यक्ष डिकेश लामा रहेका छन् । जसमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, सचिव मिलन आचार्य, कोषाध्यक्ष रीना बुढाथोकी, सहसचिव सुजन गौतम रहेका छन् ।
कार्यसमिति सदस्यहरुमा ह्यारी राजवंशी, कृतिका कट्टेल, मनिश बराल र रोजिना भण्डारी रहेका छन् । नवगठित समितिले तत्कालिन र दीर्घकालिन कार्यसूची बनाएर गतिविधि बढाउने भएको छ । कार्यसमितिको तत्कालिन कार्यक्रममा संस्था दर्ता, विधान निर्माण, संस्थाको गतिविधि र नवपुस्ताका पत्रकारहरुलाई तालिम गराउने जस्ता कार्य सम्पादन गर्ने निर्णय गरेको अध्यक्ष लामाले जानकारी दिए ।
नवगठित क्लवमा झापाको माईपश्चिम र इलामको दक्षिणी क्षेत्रका सञ्चारकर्मीहरु समेटिने संस्थाका सचिव मिलन आचार्यले जानकारी दिए । उनका अनुसार ‘प्रेस क्लव दमक’को कार्यसमितिले तत्काललाई ५ सदस्यीय सल्लाहकार समिति समेत निर्माण गरेको छ, जसको संयोजक गिरिराज भट्टराई रहेका छन् ।


















