बिर्तामोड । 

साहित्य चौतारी बिर्तामोड झापा नेपालले समयको मागलाई ध्यानमा राखेर साहित्य चौतारीको डिजिटल प्रशारण (पोडकास्ट) ‘साहित्य चौतारीसँग सृष्टा’ शुभारम्भ गरेको छ । चौतारीले आज (सोमवार) बिर्तामोडमा एक समारोहकाबिच साहित्य चौतारीसँग सृष्टा शुभारम्भ कार्यक्रम उद्घाटन गरेको हो । 

साहित्य चौतारीका संस्थापक संरक्षक तथा अध्यक्ष देबीभक्त श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा साहित्य चौतारीका संस्थापक सल्लाहकार तथा साहित्यकार कृष्ण धरावासीको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि धरावासी, अग्रज गायक तथा संगीतकार डा. टीका भण्डारी, कानुन ब्यवसायी लीला उदासी, अनिरुद्र ओलीलगायतले संयुक्त रुपमा पोडकास्टको उद्य्घाटन गरेका हुन् । 

होटल हिंकोला हेरिटेज प्रालि काँकरभिट्टा शाखाको छैटौं वार्षिकोत्सवको अवसरमा पर्यटन प्रवद्र्धनमा साहित्य, सङ्गीत र सञ्चारको भूमिका विषयक अन्तरक्रिया तथा पोडकास्ट ‘साहित्य चौतारीसँग सृष्टा’ को शुभारम्भ गरेको हो । 

स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै अध्यक्ष देवीभक्त श्रेष्ठले ६ बर्षअघि होटल हिंकोला हेरिटेजको शाखा सञ्चालन गरेपनि केही बर्षदेखि आफुले सञ्चालन गर्न नपाउँदा अन्याय भएको बताए । उनले आफ्नो डेढ कारोड भन्दा वढी रकम लगानी गरेपनि होटल सञ्चालनमा अवरोध आएकाले अन्यायमा परेको भन्दै एकदिन अवश्य न्याय पाउने विश्वासका साथ बिर्तामोडस्थित होटल हेरिटेजमा प्रत्यक बर्ष बार्षिकोत्सव मनाउने गरेको बताएका छन् । कार्यक्रमको सञ्चालन साहित्य चौतारीका सचिव तुलसीप्रसाद निरौलाले गरेका थिए ।