शनिश्चरे ।
नेपाली कम्युनिष्ट पार्टी झापा क्षेत्र नम्बर २ ले आसन्न निर्वाचनलाई मर्यादित सहज बनाउन बिभिन्न समितिहरु गठन गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि पार्टीको बिहीवार बिभिन्न समितिहरु गठन गरेको केन्द्रिय सदस्य तथा युवा नेता बासु दुलालले जानकारी दिए ।
पार्टीका केन्द्रिय सदस्य हरिकुमार रानाको संयोजकत्वमा ५१ सदस्यीय झापा क्षेत्र नम्बर २ को लागि सचिवालय गठन गरेको छ । जस अन्तरगत बासु दुलालको संयोजकत्वमा ६ सदस्यीय प्रचार–प्रसार उप–समिति, ज्योतिसिंह दर्लामीको संयोजकत्वमा ७ सदस्यीय आर्थिक परिचालन उप–समिति, धनबहादुर पन्धाकको संयोजकत्वमा तीन सदस्यीय मतदाता शिक्षा उप–समिति गठन गरिएको छ ।
त्यस्तै रुपध्वज साउदेनको संयोजकत्वमा ४ सदस्यीय अनुगमन उप–समिति, कुमार आचार्यको संयोजकत्व स्वयमसेवक युवा परिचालन उप–समिति, प्रत्युस रानाको संयोजकत्वमा ५ सदस्यीय कार्यालय व्यवस्थापन उप–समिति, भास्कर काफ्लेको संयोजकत्वमा उम्मेद्वारसँग हिड्ने समुह गठन गरिएको छ ।
झापा क्षेत्र नम्बर २ बाट आसन्न प्रतिनिधि सभा सदस्यका लागि पार्टीकी महिला नेतृ धर्मशीला चापागाँईले उम्मेद्वारी मनोनयन दर्ता गरेकी छिन् ।

















