बिर्तामोड । 

पूर्वको आस्थाको केन्द्र बनेको गायत्री माताको मन्दिरमा सुरुवातको एक वर्षमा दुई लाख भन्दा बढी भक्तजनले दर्शन गरेका छन् । पूर्वको पशुपतिनाथले परिचित अर्जुनधारा जलेश्वर धामपछि बढी भक्तालू आउने धार्मिक स्थल गायत्री मन्दिर बनेको हो । मन्दिरमा दिनहुँ उल्लेख्य रुपमा श्रद्धालु भक्तजनहरु पूजापाठ र दर्शन गर्नका लागि आउने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । 

पूर्वमा गायत्री माताको मन्दिर नरहेको र जिल्लामै पहिलो पटक बिर्तामोडमा बनेको सो मन्दिर आस्थाको केन्द्र बनेसँगै दशनार्थीको सहभागीता उल्लेख्य रहेको बताइएको छ । 

गायत्री मन्दिरमा दैनिक पूजा पाठसँगै नियमित रुपमा आयोजना गरिएका विशेष अनुष्ठानहरुमा अझ धेरै सहभागीता हुने गरेको छ । गत वर्ष जेठ २२ गते मन्दिरले गायत्री जयन्ती मनाएको थियो । विभिन्न संघ संस्थाका पदाधिकारीसहित भक्तजन, बटुक, स्काउट तथा धार्मिक एवम् सामाजिक व्यक्तिहरुको सहभागितामा ¥यालीसमेतको आयोजना गर्दै  बिर्तामोड नगर परिक्रमापछि पुनः मन्दिर परिसरमा पुगेर धार्मिक सभामा परिणत भएको थियो । 

पूर्वमै पहिलो पटक अढाई करोड रुपैयाँको लागतमा मन्दिर निर्माण भएसँगै गायत्री जयन्तीसमेत पहिलो पटक मनाइएको थियो । २०८० साल जेठ १७ गतेबाट मन्दिर निर्माण प्रारम्भ भएर २०८१ साल माघ २१ गते विधिपूर्वक माताको प्राण प्रतिष्ठा गर्दै मन्दिर सञ्चालनमा आएको थियो । गायत्री माता मन्दिर व्यवस्थापन समितिले गायत्री जयन्तीमा विशेष प्रकारको कार्यक्रम आयोजना गर्दै साँझ सन्ध्या आरतीसमेत यस अघि गरेको थियो । 

बिर्तामोड-५ स्थित स्थित अग्रसेन भवन जनिकै मन्दिर निर्माण सम्पन्नसँगै बिर्तामोड नगरपालिकामा नै पहिलो पटक गायत्री माताको पाँच दिवसीय अनुष्ठानका साथ प्राण प्रतिष्ठा गरिएको थियो । मन्दिर उद्घाटनसँगै गायत्री माताको प्राण प्रतिष्ठा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गरेका थिए । 

गायत्री माताको मन्दिर निर्माण सम्पन्न भएसँगै विघटित प्रतिनिधि सभा नेपालका सभामुख देवराज घिमिरले पाँच दिवसीय अनुष्ठानको उद्घाटन गरेका थिए भने नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजबाट विशेष प्रवचनको आयोजना गरिएको थियो । 

बैदिक सनातन र हिन्दू धर्म अन्तर्गत गायत्री मताको महत्वपूर्ण स्थान छ । गायत्री मातालाई जननी मानिन्छ । गायत्री मातालाई बेद माता पनि भन्ने गरिन्छ । माता पार्वती, माता सरस्वती, माता लक्ष्मीको अवतारको रुपमा समेत गायत्री मातालाई लिने गरिन्छ । ऋषि बिस्वामित्रले गायत्री माताका नाममा घोर तपस्या गरेर गायत्री मन्त्र प्राप्त गरी प्रचलनमा ल्याउनु भएको र आज पर्यन्त गायत्री मन्त्रको जप गरिँदै आएको बताइन्छ ।

ज्ञान र शक्तिको रुपमा लिइने वेद माताको स्मरण मात्रैले पनि सांसारिक जीवनका सबै प्रकारका कष्टहरुबाट मुक्ति मिल्ने र जीवनका हर मनोरथ पुरा हुने धार्मिक ग्रन्थहरुमा उल्लेख भए अनुसार आम विश्वास गरिन्छ । यही विश्वासका कारण माताको दर्शनार्थ आउने भक्तजनको संख्यामा समेत उल्लेख्य वृद्धि भएको बताइएको छ ।  बिर्तामोड–५ मा गायत्री माताको मन्दिर  निर्माण भएसँगै संरक्षकसहित व्यवस्थापन समिति र सल्लाहकार समितिसमेत  गठन भएको थियो । 

मन्दिर निर्माण समितिका संयोजक रौनक वंशलसहित बिर्तामोड नगरपालिका प्रमुख, उपप्रमुख , वडा नम्वर ५ का वडाध्यक्ष, इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ल ट्राफिक प्रहरी कार्यालय झापा, सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प शनिश्चरेका प्रमुखलाई मन्दिरको संरक्षक बनाइएको छ भने ३१÷३१ सदस्यीय व्यवस्थापन समिति र सल्लाहकार समिति तयार गरिएको छ ।

मन्दिर निर्माण समितिका संयोजक वंशलको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, बिर्तामोड वडा नम्वर ५ का वडाध्यक्ष रोहित प्रसाई, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, अर्जुनधारा जलेश्वर धामका अध्यक्ष नवीन गट्टानीलगायतका विशिष्ठ व्यक्तिको उपस्थितिमा बसेको बैठकले विवेक अग्रवालको संयोजकत्वमा ३१ सदस्यीय व्यवस्थापन समिति गठन गरेको थियो । 

त्यस्तै सह–संयोजक सुजित अग्रवाल, सचिवमा मनोज वजाज र कोषाध्यक्ष राजेश अग्रवाल चयन भएका छन् । मन्दिर व्यवस्थापन समितिको सदस्यहरुमा मुकेश अग्रवाल, विकास अग्रवाल, सुमित अग्रवाल, विजय सिङ्गल, श्याम बसल, मनोज वंशल, तारा श्रेष्ठ, रमा खनाल, टङ्कप्रसाद खनाल, अजय कलवार, शत्रुघन गुप्ता रौनियार, अशोक चौधरी, श्याम अग्रवाल, निरज वंशल, मनिष पोद्धार, सतिष अग्रवाल, अभिषेक अग्रवाल, रवि वंशल, अनमोल सिङ्गल, रवि शर्मा, साहिल जोधानी, टेकेन्द्र अग्रवाल, नरेश मित्तल, विशाल गोयल , प्रयागचन मित्तल, रितेश अग्रवाल, कौशल अग्रवाल चयन भएका थिए । 

यता सल्लाहकार समितिमा उमेश डालमिया, निर्मल भट्टराई, राजु न्यौपाने, कुशल खतिवडा, सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’, मोहन मित्तल, प्रशान्त भण्डारी, एकराज गिरी, मेघराज बास्तोला, नवीन कुमार गोयल, नवीन गट्टानी, सुवास भट्टराई, सजेश शिवाकोटी, विष्णुकुमार निरौला, राजकुमार गुप्ता, पार्वता खरेल बिमली, स्वस्तिका आचार्य, नीलम अग्रवाल, दिनेश श्रेष्ठ, निशा गुप्ता, वेदप्रकाश वंशल, विनोद वंशल, सुशील अग्रवाल ‘सीए’, शुभ कुमाई पाठक, अनुज मारु, शिवकुमार अग्रवाल, दीपचन्द साहेवाला, पप्पु वंशल, रजनिश कर्नानी, महेश चितलाङ्गिया र यज्ञराज अग्रवाल चयन भएका थिए ।