बिर्तामोड ।
रिद्धनाथी गिरी कुलवंश परिवार झापाले बन्धु एकतालाई निरन्तरता दिदै आएको छ । यसै क्रममा कुलवंश परिवारले रिद्धनाथी बन्धु एकता, समर्थन र प्रवर्धनलाई मुख्य उदेश्य बनाएर बनभोज कार्यक्रमको आयोजना गरेको छ ।
रिद्धनाथी गिरी कुलवंश झापाले आज (शनिवार) मेचीनगर–१२ स्थित हरियाली सामुदायिक बन उपभोक्ता समुह अन्तरगतको पिकनिक स्पोर्टमा बन्धुहरुलाई पिकनिक कार्यक्रममा सहभागीता गराएको छ ।
सोही कार्यक्रमकाबिच रिद्धनाथी गिरी कुलवंशका संस्थापक सदस्य नरनाथ गिरी र भीमबहादुर गिरीको जन्मोत्सव मनाएको सचिव गणेश गिरीले जानकारी दिए । उनका अनुसार बनभोज कार्यक्रम बालकृष्ण गिरीको संयोजकत्वमा भएको हो ।
रिद्धनाथी गिरी कुलवंश झापामा हाल ६८ घर परिवारको सहभागीता रहेको र झापामा करिव दुई सय घर परिवार रहेको रिद्धनाथी गिरी कुलवंश झापाका अध्यक्ष सुरेश गिरीले जानकारी दिए ।
बनभोज कार्यक्रममा नाचगानसहित बिभिन्न मनोरन्जनात्मक कार्यक्रम गरिएको रिद्धनाथी गिरी कुलवंश झापाका सदस्य बिदुर गिरीले बताए ।

















