बिर्तामोड ।
झापाको बिर्तामोडमा श्रम संस्कृति पार्टी झापा जिल्ला समिति घोषणा तथा जिल्ला सभा कार्यक्रम भएको छ । आज (बुधवार) झापा बिर्तामोडमा कार्यक्रम गरेको हो ।
श्रम संस्कृति पार्टी झापा जिल्लाको आयोजनामा बिर्तामोड–५ स्थित सिटी सेन्टर अगाडी पार्टीको झापा जिल्ला अध्यक्ष केशव भण्डारी अध्यक्षतामा भएको कार्यक्रममा धरान उप–महानगरपालिका मेयर तथा श्रम संस्कृति पार्टीका केन्द्रिय अध्यक्ष हर्क साम्पाङ प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा केन्द्रिय सचिव रबिन शेर्मा, केन्द्रिय कोषाध्यक्ष समिता राई, केन्द्रिय उपाध्यक्ष एनएस फागो, केन्द्रिय सदस्य हिमालप्रकाश कन्दङ्वा, पार्टीका झापा जिल्ला उपाध्यक्ष सुमनकुमार पोखरेललगायत आतिथ्य रहेको थियो । पार्टी झापा जिल्ला समिति घोषणा तथा झापा जिल्ला सभा कार्यक्रम भइरहेको छ ।


















