बिर्तामोड ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) झापाले पुस १० गते झापामा खबरदारी कार्यक्रम गर्ने भएको छ । एमाले झापाले आज (मंगलबार) बिर्तामोडस्थित जिल्ला पार्टी कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी खबरदारी कार्यक्रमका बिषयमा जानकारी दिएको हो ।
नेकपा एमालले झापाको दमक र बिर्तामोडमा खबरदारी कार्यक्रम गर्ने भएको छ । अध्यारो कोठामा बसेर गरेको षड्यन्त्रको नेकपा एमालेले भण्डाफोर गरी जनतालाई सचेत गराउने उदेश्यले खबरदारी कार्यक्रम गर्ने भएको नेकपा एमाले झापा अध्यक्ष प्रेम गिरीले बताए । प्रतिगामी तत्वहरुको षड्यन्त्र उपर मुकदर्शक बस्न नसक्ने भन्दै अध्यक्ष गिरीले पार्टीका अध्यक्ष केपी शर्मा ओलीसहित अन्य नेता बिरुद्ध अनेक किसिमका बहानावाजी, षड्यन्त्र र आक्रमण सहेर बस्न नसक्ने बताए ।
पत्रकार सम्मेलनमा एमाले झापाले सवै किसिमका षड्यन्त्रको विरुद्ध भण्डाफोर गर्न सवै लोकतान्त्रिक दल र शक्तिहरुलाई आव्हानसमेत गरेको छ । पार्टीले सवै पालिका वडा र टोलसम्म सुरक्षा समिति परिचालन गर्ने, कसैमाथि आक्रमण नगर्ने तर, वर्तमान प्रतिगामी सत्ता र विदेशी दलालहरुबाट हुन सक्ने हुल हुज्जतलाई जवाफ हमलाका लागि गाउँ–गाउँ र बस्ती–बस्तीमा प्रतिरक्षा गर्न तम्तयार अवस्थामा रहनसमेत सम्पूर्णमा पार्टीले अपिल गरेको छ । पार्टीले विविध प्रदर्शनका कार्यक्रमहरु क्रमागत रुपमा आयोजना गर्ने पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।
पार्टीले गत भदौं २४ गतेको देशव्यापी विध्वंस आकस्मिक नभई देशी तथा विदेशी शक्तिहरुको लामो योजना र षड्यन्त्रको परिणाम भएको पार्टीले जनाएको छ ।
यस्तो पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्ति :




















