झापा ।
नेकपा एमालेको ११ औँ महाधिवेशनको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । केन्द्रीय निर्वाचन आयोगले आइतबार साँझदेखि पुस १ गतेसम्म लागू हुने निर्वाचन तालिका सार्वजनिक गरेको हो ।
केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार आइतबार साँझ ७ बजे मतदाता नामावली प्रकाशन गरिनेछ । त्यसैगरी, सोमबार बिहान साढे १० बजे अन्तिम मतदाता नामावली सार्वजनिक गरिनेछ ।
सोमबार दिउँसो साढे २ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने छ भने साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ । उम्मेदवारको अन्तिम नामावली सोमबार नै साँझ ६ बजे सार्वजनिक गरिने आयोगले जनाएको छ ।
पुस १ गते बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन तालिकामा उल्लेख छ । पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएको छ ।


















