बिर्तामोड ।  

झापाको  बिर्तामोड–५ सिटिसेन्टर अगाडी  राष्ट्र राष्ट्रियता, धर्म, सँस्कृति र नागरिक बचाउ महाअभियान नेपाल झापाले खबरदारी र्याली गरेको छ । महाअभियान नेपाल झापालको आयोजना तथा  झापा जिल्ला अध्यक्ष राजेश राजवंशीको नेतृत्वमा आज (सोमबार) खबरदारी र्याली गरिएको थियो । 

 अभियानका झापा जिल्ला सह–संयोजक कमल कर्मचार्यसहित अभियानका कार्यकर्तालगायतको उपस्थितिमा राष्ट्रियता धर्म सास्कृति तथा नागरिक बचाउ महाअभियानका केन्द्रिय अध्यक्ष  दुर्गा प्रसाईं र नेपाल सरकारकी  प्रधानमन्त्री शुशिला कार्की बिच  दुईपक्षिय वार्ता हुने भन्दै खबरदारी र्याली गरिएको बुझिएको छ । 

साथै आज ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यलयमा हुने भएकोले सरकारलाई शान्तिपूर्ण दबाब सिर्जना गरी माग पुरा गर्नको लागि विभिन्न नारासहित  खबदारी ¥याली निकालीको हो । र्यालीले बिर्तामोड बजार परिक्रमा गरी र्याली पुन सिटी सेन्टर अगाडी आई धर्ना गरी कार्यक्रम समापन  भएको थियो ।