बिर्तामोड ।
मोर्चाको संगठन विभाग प्रमुख तथा झापा जिल्ला संयोजक हाल एल.बी. पालुङ्वा छन् । नेपाल जनमुक्ती पार्टीको केन्द्रिय सचिवबाट यसअघि नै राजिनामा दिइएसकेका युवा नेता पालुङ्वाले
गत भदौ २३ र २४ गते जेनजी आन्दोलनपछि उत्पन्न राजनैतिक परिस्थिति सँग–सँगै अन्तरिम नागरिक सरकारले घोषणा गरेको ०८२ साल फागुन २१ को आम निर्वाचनलाई संयुक्त पहिचानवादी मोर्चाले कार्यनीतिक हिसाबले उपयोगको नीति लिएर नेपाली जनताको लामो संघर्ष, आन्दोलन विद्रोह, र बलिदानीको बलबाट प्राप्त राजनैतिक–संवैधानिक अधिकार रक्षार्थ अघि बढ्ने बताएका छन् ।
यस सम्बन्धमा मोर्चाले पहिचान पक्षधर राजनैतिक शक्तिहरुको एकता, सहकार्य÷मोर्चाबन्दी र गठबन्धनलाई रणनैतिक हिसाबले जोड दिइने छ भने प्रदेश नं १ मा नो कोशी आन्दोलन, मूकुम्लुङ÷पाथिभरामा भएको आन्दोलनलगायत देशव्यापी पहिचानमा आधारित आन्दोलनहरुलाई साथ समर्थन गर्ने राजनैतिक पार्टीहरूलाई चुनावी गठबन्धन गर्न जोड दिने प्रयास भइरहेको उनले खुलासा गरेका छन् ।
त्यसैगरी, मोर्चामा आवद्ध विभिन्न राजनैतिक पार्टीहरुलाई एउटै चुनाव चिन्ह लिएर आसन्न चुनावमा जान सल्लाह दिदै आएको र यद्यपि चुनावी मोर्चा÷गठबन्धन गर्नु पर्ने सम्बन्धनमा विलम्ब गर्न नहुने पनि मोर्चाले सचेत गराएको उनले उल्लेख गरे। ‘यो कुरा पनि स्थापित गर्न नसके संयुक्त पहिचानवादी मोर्चाले लिएको लक्ष्य प्राप्ति नहुने स्पष्ट छ’ नेता पालुङ्वाले भने ।
संयुक्त पहिचानवादी मोर्चा जेनजी आन्दोलनको माग र भावनालाई कदर गर्दै नेपाली समाजको वास्तविकतालाई केन्द्रमा राखेर जनताको सार्वभौम अधिकार, स्वशासन र स्वायत्तता सहितको व्यवस्थालाई आत्मसात् नगर्दा दिगो शान्ति, सुशासन, राजनैतिक स्थिरता, विकास, र समृद्धिको बाटो अवलम्बन गर्न कठीन हुने ठहर पालुङ्वाले गरेका छन् । उनले त्यसकारण, चुनाव, आन्दोलन, सघर्ष र विद्रोह सबै किसिमका बाटोहरु संयुक्त पहिचानवादी मोर्चाले तय गर्नु पर्ने आवश्यक रहेको झापाको बिर्तामोडमा भेट्घाट क्रममा उनले बताए ।


















