झापा । 

नेपाली कम्युनिष्ट पार्टीले देशैभर एकता सन्देश सभा गर्ने  निर्णय गरेको छ । पार्टीले एकता सन्देश सभाका लागि सात वटै प्रदेश र जिल्लाको मिति तय गरेको हो । एकता सन्देश सभामा मोडालिटी सापेक्षता अनुसार हेडक्वाटरको निर्णयले हेरफेर गर्न सक्ने पनि जनाएको छ । 

प्रदेश स्तरीय एकता सन्देश सभा सुदुरपश्चिम  प्रदेश स्तरीय एकता सन्देश सभा मंसिर ९ गते,  कर्णाली प्रदेश स्तरीय एकता सन्देश सभा मंसिर १० गते,  लुम्बिनी प्रदेश स्तरीय एकता सन्देश सभा मंसिर ११ गते, गण्डकी प्रदेश स्तरीय एकता सन्देश सभा मंसिर १२ गते, मधेश प्रदेश स्तरीय एकता सन्देश सभा मंसिर १३ गते, १ नम्वर अर्थात कोशी प्रदेश स्तरीय एकता  सन्देश सभा मंसिर १४ गते र बागमती प्रदेश स्तरीय एकता  सन्देश सभाको मिति पछि तय गर्ने कार्यतालिका पार्टीले सार्वजनिक गरेको छ । 

यसैगरी जिल्ला  स्तरिय एकता तथा सन्देश सभा पनि गर्ने निणर्य पार्टीले गरेको छ । बागमती प्रदेशको सबै जिल्लाको मंसिर १३ गते, सुदुर पश्चिम प्रदेशको सबै जिल्लाको मंसिर १५ गते, कर्णाली प्रदेशको सबै जिल्लाको मंसिर १६ गते, लुम्बिनी प्रदेशको सबै जिल्लाको मंसिर १७ गते, गण्डकी प्रदेशको सबै जिल्लाको मंसिर १८ गते, मधेश प्रदेशको सबै जिल्लाको मंसिर १९ गते, १ नम्बर ÷कोशी प्रदेशको सबै जिल्लाको मंसिर २० गते एकता सन्देश सभा गर्ने निर्णय गरेको पार्टी केन्द्रिय समितिले जनाएको छ । 

त्यस्तै देशैभरको पालिकामा मंसिर २७ गते एकता घोषणा तथा संदेश सभा हुने पनि पार्टीले मिति तय गरेको छ । त्यसका लागि तयारी र छलफल गर्न केन्द्रले निर्देशन दिएको युवा नेता वासु दुलालले जानकारी दिएका छन् ।