चन्द्रगढी ।

झापाको चन्द्रगढी स्थित लेखनाथ पुस्तकालयमा खुशीको गाउँ उपन्यासको चर्चा परिचर्चा कार्यक्रम सम्पन्न भएको छ ।  लेखनाथ पुस्तकालयले महिनाको अन्तिम शुक्रबार गर्दै आएको शुक्रबारे भेला अन्तर्गत उक्त कार्यक्रम गरिएको हो ।

उपन्यासकार खगिन्द्रा खुशीको ‘खुशीको गाउँ उपन्यास’का बारेमा कार्यक्रमका प्रमुख अतिथि झापाका सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला , साहित्यकार रश्मि असफल र सिएन गौतमले चर्चा गरेका थिए । 

लेखनाथ पुस्तकालयका कार्यवाहक अध्यक्ष खगिन्द्रा खुशीको अध्यक्षता, निर्मला बास्तोला दङ्गालको स्वागत रहेको कार्यक्रमको सन्चालन हरि किशोर आचार्यले गरेका थिए ।