झापा ।
आगामी कार्तिक २७ गते रुपन्देही जिल्लाको क्षेत्र नं. ३ मा हुने प्रतिनिधि सभाको उप–निर्वाचनका लागि नेपाल जनमुक्ती पार्टीले उम्मेद्वारी दिने भएको छ । नेपाल जनमुक्ति पार्टी संघीय परिषदको गत साउन २५ र २६ गते बसेको वैंठकले उक्त निर्णय गरेको पार्टीका झापा अध्यक्ष तथा युवा नेता एलवी पालुङ्वाले जानकारी दिएका हुन् ।
अध्यक्ष के.पी. पालुङवाको अध्यक्षतामा ललितपुरस्थित शोभाहिटीमा सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । पार्टीले निर्वाचन परिचालन र यस सम्बन्धी सम्पूर्ण काम कारवाहीका लागि पार्टीका बरिष्ठ उपाध्यक्ष कमला थापाको संयोजकत्वमा समिति निर्माण गरेको छ ।
यसैगरी बलदिप राई, एल.वि.पालुङवा, राजकुमार नाल्बो, गोकर्ण राई, कम गुरुङ र डि.वि. गुरुङ रहेको निर्वाचन परिचालन समितिसमेत गठन गरिएको नेता पालुङ्वाले जानकारी दिएका छन् ।
जनमुक्ति पार्टीको उमेद्वारलाई सम्पूर्ण पहिचान र अधिकारका पक्षधरहरुको साझा उमेद्वारको रुपमा साथ सहयोग र समर्थन गर्न सम्पूर्ण पहिचान र अधिकारका पक्षधर शक्तिहरुलगायत न्यायप्रेमी नेपाली जनतामा हादिक अपिल गरिएको छ । यसैगरी पार्टीले निर्वाचनमा उम्मेद्वार खडा गर्नेसहित अन्य बिभिन्न सात बुँदे निर्णयसमेत गरेको छ ।
नेपाल जनमुक्ति पार्टी (साविक राष्ट्रिय जनमुक्ति पार्टीको एकताको सातौ राष्ट्रिय महाधिवेशन आगामी भदौ २८, २९ र ३० गते कास्की जिल्लाको पोखरामा सम्पन्न गर्ने, निर्वाचन आयोगले पार्टी विवाद अन्त्य सम्बन्धी गरेको फैसला अनुसार पार्टीलाइ थप एकताबद्ध बनाउनको लागि, एकतामा सहमत भएका अन्य राजनीतिक शक्तिहरुसँग एकता प्रक्रिया पुरा गर्ने र रुपन्देही जिल्लाको क्षेत्र नं. ३ को उप–निर्वाचनमा भाग लिन तयारीको लागि थप समय आवश्यक भएकोले पार्टीको आगामी संघीय परिषद बैठकबाट एकता सहितको साती राष्ट्रिय महाधिवेशनको मिति तोक्ने निर्णय गरेको छ ।
गत साउन ८ गते निर्वाचन आयोगले गरेकी फैसला अनुसार राष्ट्रिय जनमुक्ति पार्टीको सट्टा नेपाल जनुक्ति पाटी भएको मानिनेछ ।
पार्टीमा देखा परेका समस्याहरुको समाधान गर्न आवश्यक समन्वय गरेर आगामी कार्तिक मसान्त सम्ममा सुझाबहरु लिखित रुपमा बुझाउन पार्टीका अनुगमन तथा मुल्याङकन समितिका संयोजक दलबहादुुर विरकट्टा मगरको संयोजकत्वमा सदस्य सचिव चेतवहादुर आले, सदस्यहरु एलवी पालुडवा, सर्मिला महरा र गोकणं खम्बु रहेको समन्वय समिति गठन गरेको छ ।
निर्वाचन आयोगमा पार्टीको संघीय परिषदमा नाम अध्यावधी गर्न छुटेका सदस्यहरुको हकमा र अन्य सदस्यहरुको लागि उनिहरुसँग छलफल तथा परामर्श गरि आवश्यक प्रक्रिया पुरÞ्याई निर्वाचन आयोगमा नाम अध्यावधी गरिनसमेत वै.ठकले निर्णय गरेको छ ।
आगामी मंसीर १९ गते संघीय लिम्बुवान पार्टी नेपाल र लिम्बुवान राष्ट्रिय समिति लोसपासँग भएको सम्झौता नेपाल जनमुक्ति पार्टी अन्तरगत भएको मानिने छ ।
त्यस्तै गत पौष १२ गते धरानमा घोषणा गरिएको संयुक्त पहिचानवादी मोर्चामा आवद्ध एकतामा सहमत पहिचानवादी मोर्चा, नाउपा १ नं. प्रदेश समिति र प्रदेश नं. १ पुनः नामडकन अभियान समितिसँग पार्टी एकताको लागि भएको सहमति र राष्ट्रिय मुक्ति पार्टीसँग सहकार्यको लागि भएको सहमतिहरु यसै नेपाल जनमुक्ति पार्टी अन्तरगत भए गरेको मानिनेछ ।
उक्त सहमति र सम्झौताहरुलाई कार्यन्वयन गर्न गराउनको लागि नेपाल जनमुक्ति पार्टीको तर्फबाट कार्यदलमा खटिएका महासचिव पदम जवेगु र उप–महासचिव लासिम पालुङबाले लिखित प्रतिवेदन पार्टीमा बुझाउने र एकता प्रक्रियालाई चाँडै टुङ्ग्याउने पनि निर्णय गरिएको छ ।
गत साउन ८ गते संघीय लोकतान्त्रिक मोर्चाको पत्र अनुसार उक्त मोर्चासँग सहकार्यको लागि आग्रह भएकोले त्यसलाई सकारात्मक रुपमा लिदै मोचाँसँग संवाद गर्न पार्टी नेता सन्जुहाङ पालुङवा र राजकुमार नाल्बोलाई जिम्मेदारी दिइएको नेता पालुङ्वाले जानकारी दिएका छन् ।


















