हल्दीबारी । 

हल्दीबारीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गाउँ कमिटी गठन गरिएको छ। आज (शुक्रबार) पार्टीका जेष्ठ सदस्य भवानी प्रसाद बजगाईंको अध्यक्षतामा बसेको भेलाले ११ सदस्यीय समिति चयन गरेको हो।

पार्टीका जिल्ला सदस्य डील्ली न्यौपानेका अनुसार हल्दीबारी–५ का ओमराज राई सभापतिमा चयन भएका छन्। बैठकले पार्टीको नीति तथा कार्यक्रमअनुसार यही साउन २७ गते मंगलबारदेखि हस्ताक्षर अभियान मंगलबारे बजारबाट सुरु गर्ने निर्णय गरेको छ।

नव सभापति राई अघिल्लो समयमा हल्दीबारी राप्रपाका ‘चार खम्मा’ मध्ये एकका रूपमा चिनिन्थे। उनको नेतृत्वमा राप्रपाका १०० भन्दा बढी सदस्यले पार्टी परित्याग गरी रास्वपामा प्रवेश गरिसकेको गत स्थानीय तह निर्वाचनमा  राप्रपाबाट वडा सदस्यका उम्मेदवार  बनेका राप्रपा गाउँ कमिटी सदस्य केशव बजगाईं ले जानकारी दिए ।

उनी पनि राप्रपा परित्याग गरी नवगठित समितिमा सदस्य बनेका छन्।जनै पूर्णिमा पर्वलाई मध्यनजर गर्दै शनिबारको सट्टा मंगलबार अभियान सुरु गर्ने निर्णय भएको सभापति राईले जानकारी दिए।