शिवसताक्षी ।
झापाको शिवसताक्षी नगरपालिका–३ पाराबारीको आयोजनामा तथा नाइन स्टार युवा क्लब देवदूत चौक झापाको सहजीकरणमा ’साहित्य कला भाषा तथा संस्कृति प्रवद्र्धन कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा वडा नम्बर ३ भित्रका सामुदायिक तथा संस्थागत विद्यालयका आधारभूत तह १–५ बाट गायन, कविता, ६–८ कक्षाबाट गायन र कविता, ९–१० कक्षाबाट गायन र कविता तथा १–१० कक्षा बाहेक खुल्ला तहबाट गायन र कविता प्रतियोगिता भएको थियो ।
शनिवार भएको उक्त प्रतियोगितामा दुवै विधामा प्रथम द्दितीय र तृतीय पुरस्कार प्रदान गरिएको थियो । जम्मा सहभागी छात्रछात्रा ८० जना थिए । उनीहरुलाई पुरस्कारसहित ट्रफी प्रदान गरिएको थियो । कार्यक्रममा २५० जना बिद्यार्थीहरुके सहभागीता रहेको थियो ।
सोही कार्यक्रमबिच वडा नं ३ मा साहित्य कला भाषा तथा गीत सङ्गीत क्षेत्रमा अतुलनीय योगदान पु¥याएका गीतकार बबिन्द्र नेम्बाङ्ग, सञ्जय राई (वाम्बुले) गायिकाद्धय लोचना लावती शेर्मा, मनिता लिम्बू योङ्गहाङ्ग, सर्जक जीतबहादुर लिम्बू सिङ्गक, प्रेमदुमी राई गरी छ जनालाई स्रष्टाको रुपमा सम्मान पत्र, दोसल्ला र मायाको चिनो उपहार प्रदान गरेर सम्मान गरिएको थियो ।
वडाध्यक्ष भास्कर न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल प्रज्ञ प्रतिष्ठानका प्राज्ञ मुनाराज शेर्माको प्रमुख आतिथ्य रहेको थियो भने विशिष्ठ अतिथिहरुमा बिराट किराती, अभागी थेगुवा, विवशबलिभद्र कोइराला, सेलिङ्ग केसी, दिलिप घिमिरे र नाईन स्टार युवा क्लबका अध्यक्ष शेरबहादुर तामाङ रहेका थिए ।
साहित्य कला भाषा तथा संस्कृति प्रवद्र्धन कार्यक्रमको सहजीकरण नाइन स्टार युवा क्लब देवदूत चौक परिवारले गरेको थियो । कार्यक्रमको अन्त्यसम्म प्रखर वक्ता सञ्जय राई वाम्बुले सञ्चालन गरेका थिए ।