बिर्तामोड।
साहित्य चौतारी बिर्तामोड झापा नेपालले राष्ट्रिय धान दिवस असार १५ को अवसरमा धान दिवस विशेष कार्यक्रम सम्पन्न गरेको छ। संस्थाका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षतामा तथा सल्लाहकार विनोद खनालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो।
कार्यक्रममा आर्ट स्टुडियोका कलाकारहरू शान्ता पौड्याल, शोभा विमली, शुशिला दाहाल, कल्पना खतिवडा, धनमाया चौहान, गोमा सेढाई, पुजन बाराकोटी, कृष्णमाया बुडाथोकीले असार १५ नाटक मञ्चन गरेका थिए।
कार्यक्रममा सप्तक संगीत विद्यालयका संस्थापक सरोज वत्स, बविता अधिकारी, प्रतिक्षा भट्टराईले असारे गीत गाउँदा सबै सहभागीहरुले छमछमी नाचेका थिए। कार्यक्रममा संस्थाकी मानार्थ सल्लाहकार सुमित्रा बाङ्देल चेलीको शब्द रचना रहेको असारे गीत अध्यक्ष श्रेष्ठले गाएका थिए।
कार्यक्रममा उपाध्यक्ष हिम्मत नेम्बाङ, सचिव तुलसीप्रसाद निरौला, सहसचिव जीवनजगदिस धिताल, सदस्य मीना अधिकारी, चित्रा पौड्याल कविता गजल प्रस्तुत गरेका थिए भने सदस्य मनिषा भट्टराईले असारे गीत प्रस्तुत गरेकी थिइन्।
कार्यक्रममा प्रमुख अतिथी खनालले च्युरा, दही, धानको ईतिहास र धान रोप्ने ईतिहासको बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए। सामुहिक दहीच्युरा समेत खुवाइएको कार्यक्रमको सञ्चालन सचिव तुलसीप्रसाद निरौलाले गरेका थिए।