चन्द्रगढी ।
झापाको भद्रपुर नगरपालिका वडा नम्बर १० मा दुई वटा बाल सस्कार केन्द्रको स्थापना भएको छ । जनकल्याण प्रतिष्ठानको एकल विद्यालय अभियान अन्तर्गत बालबालिकाहरुलाइ मौलिक सस्कार र सस्कृतिको ज्ञान दिने उद्देश्यले उक्त केन्द्रको स्थापना गरिएको हो ।

भद्रपुर नगरपालिका–१० का जनप्रतिनिधि सङ्गीता कोइरालाको अध्यक्षतामा महिला जागरण समुहको सभा हलमा सम्पन्न बाल सस्कार केन्द्र उदघाटन कार्यक्रममा प्रतिष्ठानका प्रदेश सदस्य इश्वर पोखरेल, नितेश कुमार, अनिता रिजाल, यादवप्रसाद पोखरेललगायतले शुभकामना मन्तब्य राखेका थिए ।
पत्रकार राजु बरालको सञ्चालन र शकुन्तला पोखरेलको स्वागत रहेको कार्यक्रममा जनकल्याण प्रतिष्ठनन बाल सस्कार केन्द्र अर्जुनधाराकी प्रमुख लक्ष्मी भट्टराईले एकल गायन प्रस्तुत गरेकी थिइन् ।
आज नै प्रतिष्ठानले भद्रपुर १० कै दुर्गा मन्दिरको सभा हलमा आयोजित कार्यक्रममा दोस्रो बाल सस्कार केन्द्रको स्थापना गरेको छ । मन्दिर समिति अध्यक्ष शकुन्तला पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रमको औचित्य माथी इश्वर पोखरेलले चर्चा गरेका थिए ।
शालिग्राम नेपाल र राजु बरालको संयुक्त सञ्चालन र नयनाथ पाण्डेको स्वागत रहेको उक्त कार्यक्रममा भगिरथ नेपाल, दीपबहादुर राउत, सीता ढुङ्गेल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।