चन्द्रगढी ।
झापाको चन्द्रगढीस्थित लेखनाथ पुस्तकालयमा साहित्यकार आरती पोखरेल अनुको तेस्रो कृति ‘अन्तस्करणका प्रतिविम्बहरु’ मुक्तक संग्रह शुक्रबार विमोचन भएको छ ।

लेखनाथ पुस्तकालयको शुक्रबारे साहित्यिक कार्यक्रम अन्तर्गत उक्त मुक्तक सङ्ग्रहको विमोचन भएको हो। प्राज्ञ सुभद्रा भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि भट्टराई , प्रा.डा. ठाकुर पोखरेल, साहित्यकार भवानी क्षेत्रीले शुभकामना मन्तब्य राखेका थिए ।
साहित्यकार चूडामणि वशिष्ठले विमोचित कृतिको समिक्षा गरेको कार्यक्रममा कवि देबीचरण भन्डारी, बिरही अधिकारी, राजु बराल, रश्मि असफल, गिता सुवेदी नेपाल, महेन्द्र भट्टराई, भगवती ढुङ्गेल, राजेन्द्र काश्यप अधिकारीलगायतले कविता तथा मुक्तक वाचन गरेका थिए ।
लेखनाथ पुस्तकालयका कार्यक्रम संयोजक साहित्यकार होम सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत निर्मला बास्तोला दङ्गाल र सञ्चालन हरिकिशोर आचार्यले गरेका थिए ।
साहित्यकार आरती पोखरेलका धरातलमा उभिएर गजल सङ्ग्रह र जीवनका भोगाइहरु आत्म वृतान्त कृतिहरु प्रकाशन भएका छन् ।