झापा । 

संयुक्त पहिचानवादी मोर्चाले हल्दीबारीमा सन्त थाम्सुहाङको संयोजकत्वमा पालिका स्तरीय मोर्चा गठन गरेको छ । मोर्चाको सोमवार हल्दीबारीमा सम्पन्न भेलाले थाम्सुहाङको नेतृत्वमा मोर्चाको समिति गठन गरेको हो । 

भेलाले मोर्चाको सह–संयोजकमा चन्द्र मगर, सदस्य सचिवमा मनकुमार लिम्खिमलाई चयन गरेको छ । त्यसैगरी सदस्यमा डम्बर सदेम्बा, कमलबहादुर याक्सो, सन्तोष आङभाङ, धनबहादुर राई पर्शुराम मगर, धनकुमार सम्बाहाम्फे, लाखबहादुर नेम्बाङ, अशोक राई, पूर्णबहादुर मेचे, गणेश केरुङ र खड्क लोक्तामलाई चयन गरेको मोर्चाका झापा संयोजक एलवी पालुङ्वाले जानकारी दिए । 

यसैगरी सल्लाहकारमा डिकराम फागो चयन चएका छन् । मोर्चाका झापा जिल्ल संयोजक एलबी पालुङ्वाको अध्यक्षतामा भएको कार्यक्रममा मोर्चाका केन्द्रय नेताहरु विराज आङदेम्बे, दिलकुमार लावती, भारत श्रेष्ठलगायतको उपस्थिति रहेको बतचाइएको छ ।